८ वैशाख २०८१ शनिबार
खेल

विश्वकप फुटबल: आज ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच खेल हुने

कतारमा जारी विश्वकप फुटबल अन्र्तगत दक्षिण अमेरिकाका फुटबल हस्ती एवंम उपाधी दावेदार राष्ट्रहरु ब्राजिल र  अर्जेन्टिना सेमीफाईनल प्रवेशका लागि आज आआफ्ना प्रतिस्पर्धीसंग प्रतिस्पर्धा गर्र्दैछन।

नेपाली समयअनुसार राति ८ः४५ बजेपछि ब्राजिलले क्रोएसियासंग प्रतिपर्धा गर्नेछ। ब्राजिल एसियाली राष्ट्र दक्षिण कोरियालाई ४—१ गोलबाट तथा ,क्रोएसिया पनि एसियाली राष्ट्र जापानलाई पेनाल्टी सुट आउटमा हराउँदै क्वाटरफाईनलमा पुगेका हुन।  ब्राजिलले अहिलेसम्म विश्वकपको उपाधी पाँच चोटी जितीसकेको छ।  पछिल्लो पटक सन् २००२ को विजेता  ब्राजिल २०१४ मा बाहेक क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन।

यता, लगातार दोस्रोपटक क्वाटरफाइनलमा पुगेको क्रोएसिया अहिले सम्म तीन  पटक क्वाटफाइनलमा पुगेको छ।  त्यसैगरी आजै राति १२ः४५ बजे  दुई पटकको बिजेता  अर्जेन्टिना र नेदरल्यान्ड्सबीच खेल हुनेछ।  नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ ले तथा दक्षिण अमेरिकी विजेता अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले हराएर क्वाटरफाईनलमा पुगेका हुन।  

नेदरल्यान्ड्स आफ्नो पछिल्लो पाँच विश्वकपमध्ये चारपटक अन्तिम आठमा पुगेको थियो। २००६ मा अन्तिम १६ बाट बाहिरिएको नेदरल्यान्ड्स २०१० र १०१४ मा सेमिफाइनलमा पुगेको थियो। २०१० को उपविजेता नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ।

२०१४ को उपविजेता अर्जेन्टिनाले सन् १९९८, २००६ र २०१० मा क्वाटरफाइनलका खेल गुमाएको थियो। विश्व चर्चित नियोनल मेसीको टोली अर्जेन्टीना यसपाली सेमीफाईनल  पुगेर उपाधी दौडको यात्रामा अघि बढ्न चाहन्छ। यदि  ब्राजिलले क्रोएसियालाई तथा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई हराएमा सेमीफाईनलमा ब्राजिल र अर्जेन्टिना विच खेल हुनेछ।    

प्रकाशित: २३ मंसिर २०७९ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App