६ वैशाख २०८१ बिहीबार
खेल

विश्वकप फुटबलः ब्राजिल र क्रोएसियाबीचको खेल हलमा पनि हेर्न पाईने

कतारमा जारी विश्वकप फुटबल अन्र्तगत ब्राजिल र क्रोएसियाबीचको खेल हलमा पनि हेर्न पाईने भएको छ।

यस अघि टेलिभिजनको पर्दा र मोबाईल एवमा मात्र हेर्न पाएका नेपाली दर्शकले आज बेलुका पौने नौ बजे ब्राजिल र क्रोएसियाबीचको पहिलो क्वाटरफाईनल खेल हलमा हेर्न पाउने मिडिया हब प्रा.लि.ले  जानकारी दिएको छ।

विश्वकपको आधाकारिक प्रसारण अधिकार पाएको मिडिया हव प्रा.लि र काठमाडौं उपत्यकाका ठूला मल्टिप्लेक्स हल विच सहमती भए पछि विश्वकपका क्वाटरफाईनल सेमिफाईनल र फाइनल खेल हलमा पनि देखाउन लागिएको हो।  सहमती अनुसार  वान सिनेमाज् मल्टिप्लेक्सले नयाँ बानेश्वरस्थित आइप्लेक्स मल र कालिमाटीस्थित हलमा राति पौने नौ  बजे ब्राजिल र क्रोएसियाबीचको खेल देखाउनेछ।

त्यसैगरी कमलपोखरीस्थित बिग मुभिजले विश्व कपका सेमिफाइनल र फाइनल खेल देखाउने सहमती भएको मिडिया हव प्रा.लि.ले जानकारी दिएको छ। 

प्रकाशित: २३ मंसिर २०७९ ०८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App