१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अन्तर्गतको खेलमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अल जानुब स्टेडियममा सोमबार राति जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले हराउँदै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो।

जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा गएको थियो। निर्धारित ९० मिनेटको समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो। 

खेलमा जापानले सुरुआती अग्रता लिएको थियो। खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका थिए। खेलको ५५ औं मिनेटमा क्रोएसियाका लागि इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

प्रकाशित: १९ मंसिर २०७९ १७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App