१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

पोल्याण्डको पहिलो जित, साउदी पराजित

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा पोल्याण्डले साउदी अरेबियालाई पराजित गरेको छ। कतारको एजुकेसन सिटी रङ्गशालामा आज भएको खेलमा पोल्याण्डले २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। 

पोल्याण्डको जितमा पिटर जिलेन्स्की र रोबर्ट लेवान्डोस्कीले समान १–१ गोल गरे। साउदीले खेलको पहिलो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन। खेलको ३९ औँ मिनेटमा जिलेन्स्कीले गोल गर्दै पोल्याण्डलाई सुरुआती अग्रता दिलाए। 

त्यस्तै खेलको ८२ औँ मिनेटमा कप्तान रोर्बटले गोल गर्दै पोल्याण्डको जित सुनिश्चित गरे। पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्याण्डले दोस्रो खेलमा जित हात पारेको हो। बलियो मानिएको अर्जेन्टिनालाई पहिलो खेलमा पराजित गरेको साउदीको भने यो पहिलो हार हो। 

पोल्याण्ड समूह ‘सी’ को शीर्षस्थानमा रहेको छ भने साउदी दोस्रो स्थानमा रहेको छ। पोल्याण्डले चार, साउदी अरेबियाले तीन र मेक्सिकोले एक अङ्क जोडेका छन्। अर्जेन्टिनाले अङ्क जोडेको छैन।

प्रकाशित: १० मंसिर २०७९ १५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App