१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लय कायम राख्ने इङ्ल्यान्डको लक्ष्य

इरानविरुद्धको खेल अगाडि अभ्यास गर्दै इङ्ल्यान्डका कायल वाल्कर र उनका सहकर्मी। तस्बिर: एएफपी

रुस विश्वकप २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको इङ्ल्यान्ड सोही लय २०२२ को कतार विश्वकपमा पनि कायम रहोस् भन्ने चाहन्छ।

समूह ‘बी’ को इङ्ल्यान्डले पहिलो खेलमा सोमबार इरानको सामना गर्दै छ। यस समूहमा इङ्ल्यान्ड र इरानसँगै अमेरिका र वेल्स छन्। यो समूहबाट इङ्ल्यान्डलाई समूह विजेताको दाबेदार टोलीको रूपमा हेरिएको छ। त्यसैले इङ्ल्यान्ड सो दाबेदारी कायम राख्न इरानविरुद्ध सुखद सुरुआत गर्ने लक्ष्यमा छ। कप्तान ह्यारी केनको लयले पनि इङ्ल्यान्डको यात्रा निर्धारण होला? सन् २०१८ को रुस विश्वकपमा केनले गोल्डेन बुट जितेका थिए। सो विश्वकपको समूहचरणमा बेल्जियमसँग निराश इङ्ल्यान्ड सेमिफाइनलमा क्रोएसियासँग पराजित हुँदै बाहिरिएको थियो।

तेस्रो स्थानका लागि भएको खेलमा इङ्ल्यान्ड पुनः बेल्जियमसँग नै हार्न पुग्यो। सन् २०२० मा घरेलु मैदानमा सम्पन्न युरोपियन च्याम्पियनसिपमा फाइनलको यात्रा तय गरे पनि इटालीसँग निराश भएसँगै उपविजेतामा सीमित गारेथ साउथगेटको टोली इङ्ल्यान्ड कतार विश्वकपको पहिलो खेलबाटै प्रभावशाली प्रदर्शन गर्नमा केन्द्रित छ। इरानका लागि पनि रुस विश्वकप सुखद थिएन। यसपटक भने इरानले समूह चरणबाट माथि उठ्ने लक्ष्य लिएको छ। त्यसैले इङ्ल्यान्डविरुद्ध जितसहित इरान पनि सुखद सुरुआतको लक्ष्यमा रहेको छ।

रुस विश्वकप २०१८ मा मोरक्कोमाथि १-० को जितसहित सुखद सुरुआत गरेको इरान स्पेनसँग भने १-० ले पराजित हुन पुगेको थियो। अन्तिम खेलमा पोर्चुगलसँग १-१ को बराबरी खेले पनि इरान समूहचरण पार गर्न भने असफल रह्यो। इरानले सन् १९९८, २००६, २०१४ र २०१८ को विश्वकपमा प्रतिस्पर्धा गरे पनि अहिलेसम्म नकआउट चरणमा स्थान बनाउन सकेको छैन।

इङ्ल्यान्डलाई समूह विजेताको दाबेदार टोलीको रूपमा हेरिएको छ। त्यसैले इङ्ल्यान्ड सो दाबेदारी कायम राख्न इरानविरुद्ध सुखद सुरुआत गर्ने लक्ष्यमा छ। कप्तान ह्यारी केनको लयले पनि इङ्ल्यान्डको यात्रा निर्धारण होला?

मानेविनाको सेनगललाई डच चुनौती

अफ्रिका कप अफ नेसन्सको विजेता सेनेगले सोमबार दोस्रो खेलमा उच्च लयमा रहेको नेदरल्यान्ड्सको सामना गर्दै छ।

सेनेगलले गत फेब्रुअरीमा इजिप्टलाई प्लेअफमा हराउँदै कतार विश्वकपको टिकट काटेको थियो। यद्यपि, साडियो माने चोटका कारण टोलीबाट बाहिरिनुले सेनेगललाई सबैभन्दा ठूलो धक्का हुन सक्छ। सेनेगल पछिल्ला पाँच खेलमा अपराजित छ। यस क्रममा सेनेगलले चार खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ। सन् २०१४ पछि विश्वकपमा छनोट भएको नेदरल्यान्ड्स सेनेगलविरुद्ध आफ्नो उच्च लय कायम राख्न चाहन्छ। गत वर्ष लुइस भान गाल प्रशिक्षकमा नियुक्त भएपछि नेदरल्यान्ड्स पछिल्ला १५ खेलमा अपराजित रहँदै आएको छ।

भान गालले तेस्रो पटक नेदरल्यान्ड्सको प्रशिक्षण सम्हालेका हुन्। नेदरल्यान्ड्सका लागि उच्च गोलकर्ता मेम्फिस डिपेले चोटका कारण सेनेगलविरुद्धको खेल गुमाउनेछन्। विश्वकप छनोट चरणमा इङ्ल्यान्ड र जर्मनीले मात्र नेदरल्यान्ड्सभन्दा धेरै गोल गरेका थिए। नेदरल्यान्ड्स सेनेगलका स्ट्राइकर साडियो माने नभएको भरपुर फाइदा उठाउने लक्ष्यमा छ।

प्रकाशित: ५ मंसिर २०७९ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App