१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
खेल

१० ओभर: जनकपुरले २ विकेट गुमाएर बनायो ५५ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी पाँचौं खेलमा काठमाडौं गोर्खाजले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले १० ओभरको खेलसम्म २ विकेट गुमाएर ५५ रन बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि जनकपुरलाई अब अन्तिम ६० बलमा ६१ रनको आवश्यकता छ। टोलीको हालको रनरेट ५.५० रहँदा आवश्यक रनरेट प्रतिओभर ६.१० छ।

मैदानमा अनुभवी अलराउन्डर मोइन अली २९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाएर टिकिरहेका छन्। उनलाई अर्का विदेशी खेलाडी सैफ हसनले १६ बलमा ११ रन बनाएर साथ दिइरहेका छन्। दुवैबीच तेस्रो विकेटका लागि अविजित १८ रनको साझेदारी भइसकेको छ।

यसअघि जनकपुरले ओपनिङ ब्याटर त्रितराज दासलाई व्यक्तिगत ५ रनमै गुमाएको थियो। उनलाई दोस्रो ओभरको दोस्रो बलमा काठमाडौंका बलर रिपन मण्डलले स्मित पटेलको हातबाट क्याच गराए। त्यसपछि आक्रामक बन्ने प्रयास गरेका मयान यादव ९ रन बनाउँदा छैटौं ओभरमा रनआउट हुन पुगे।

काठमाडौंका बलरहरूले कसिलो बलिङ गर्दै पछिल्लो ५ ओभरमा मात्र २० रन खर्चेर १ विकेट लिएका छन्। काठमाडौंका लागि रिपन मण्डलले २ ओभरमा मात्र ७ रन खर्चेर १ विकेट हात पारेका छन् भने कप्तान करण केसी, जहाँदाद खान, सहाब आलम र हरिशंकर शाहले किफायती बलिङ गर्दै जनकपुरलाई दबाबमा राख्ने प्रयास गरिरहेका छन्।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५ रनमै अलआउट भएको थियो। काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३, रशिद खानले १७ र स्मित पटेलले १३ रन बनाएका थिए।

काठमाडौंलाई सस्तैमा समेट्न जनकपुरका राहुल यादवले घातक बलिङ गर्दै ४ ओभरमा ३१ रन दिएर सर्वाधिक ४ विकेट लिएका थिए।

यस्तै, किफायती बलिङ गरेका सैफ हसनले ४ ओभरमा मात्र ११ रन खर्चेर २ विकेट तथा मोइन अली, हरमीत सिंह र ललित राजवंशीले १-१ विकेट लिएका थिए।

प्रकाशित: १२ कार्तिक २०८३ १५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App