२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

जेन-जीको आन्दोलन नियन्त्रण बाहिर

सरकारले सामाजिक सञ्जाल बन्द गरेको बिरोधमा सुरु भएको जेन-जीको आन्दोलन नियन्त्रण बाहिर गएको छ। जेन-जीले हिजो गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेर १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरुले आज देशभर तोडफोड र प्रदर्शन गरेका छन्।  

जेन-जीले हिजो आन्दोलन स्थगित गरेको घोषणा गरेको भए पनि आज स्वतस्फूर्त रुपमा युवाहरु भेला भएर देशभर आन्दोलन गरिरहेका छन्। आन्दोलन कसैको नियन्त्रणमा देखिएको छैन। राजधानी उपत्यकामा प्रहरीले कर्फ्यु लगाए पनि आन्दोलनकारीले उल्लंघन गरेर चोक–चोकमा प्रर्दशन गरेका छन्।

आन्दोलनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरमा रहेको घर, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताको निवासमा तोडफोड र आजगनी गरेका छन्। प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोड भएको छ।

काठमाडौं मात्र नभएर मुलुकभरका सदरमुकाममा प्रर्दशन भएको छ। मुख्यमन्त्री निवासहरुमा पनि तोडफोड भएको छ। शान्तिपूर्ण रुपमा भनिएको आन्दोलन परिस्थिति भन्दा बाहिर गएको हो।

प्रकाशित: २४ भाद्र २०८२ १३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App