२९ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

युवराज र कुशलको विस्फोटक ब्याटिङ, १५ ओभरमै बन्यो १७१ रन

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको जारी खेलमा पोखरा एभेन्जर्सले काठमाडौंविरुद्ध विस्फोटक ब्याटिङ प्रदर्शन गरिरहेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले ताजा अवस्थामा १५.२ ओभरमा केवल १ विकेट गुमाएर १७१ रन बनाइसकेको छ।

पोखराको विशाल योगफलतर्फको यात्रामा युवराज सम्रा र कुशल भुर्तेलले आक्रामक अर्धशतकीय इनिङ्स खेलेका छन्। २.२ ओभरमा १७ रन हुँदा पहिलो विकेट गुमेपछि क्रिजमा जमेका यी दुई ब्याटरले १३ ओभर मै १५४ रनको अविजित साझेदारी गरिसकेका छन्।

ताजा अवस्थामा युवराज ४८ बलमा ७ चौका र ५ छक्कासहित ८२ रनमा अविजित छन्। उनलाई अर्को छेउबाट सानदार साथ दिइरहेका कुशलले ३९ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ७५ रन बनाइसकेका छन्। यी दुईले मात्र ११ छक्का र १३ चौका प्रहार गरिसकेका छन्।

पोखराले ११.१५ को उच्च रनरेटमा रन बटुलिरहेको छ भने पछिल्लो ५ ओभरमा बिनाकुनै विकेट गुमाई ५३ रन जोडेको छ। यसअघि ओपनर तथा विकेटकिपर अर्जुन कुमाल ६ बलमा १ चौकासहित ५ रन बनाएर जहान्दाद खानको बलमा विकेटकिपर पटेलबाट क्याचआउट भएका थिए। पोखराका कप्तान चमिका करुणारत्नेसहित ८ ब्याटर अझै ब्याटिङका लागि आउन बाँकी नै छन्।

काठमाडौंका बलरहरू पोखराको आक्रामक ब्याटिङसामु दबाबमा देखिएका छन्। हालसम्म जहान्दाद खानले ३ ओभरमा ३५ रन खर्चेर १ विकेट लिएका छन् भने अन्य बलर विकेटविहीन छन्।

सहन अरच्चिगेले ३ ओभरमा ४०, रशिद खानले २.२ ओभरमा २८, गणेश गौतमले ३ ओभरमा २५, सन्तोष यादवले २ ओभरमा २१ र करण केसीले २ ओभरमा २० रन खर्चिएका छन्। पोखराले अतिरिक्तका रूपमा ९ रन पाएको छ।

प्रकाशित: २९ कार्तिक २०८३ १८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App