कालीकोटमा राजनीतिक दलहरुप्रति आक्रोशित युवाहरुले जिल्लास्थित प्रमुख पार्टीका कार्यालयका साइनबोर्ड र झन्डाहरु तोडफोड गरी फ्याँकिदिएका छन्।
मंगलबार सदरमुकाम मान्मामा भेला भएका युवाहरुले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलका कार्यालयमा रहेका साइनबोर्ड, झन्डा, ब्यानर र पोस्टरहरु हटाएर सडकमा फालेका हुन्।
उनीहरुले सबै दलका कार्यालयहरु बन्द गर्न समेत आह्वान गरेका छन्।
प्रदर्शनमा उत्रिएका युवाहरुले नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दलका कुनै पनि गतिविधि जिल्लामा चल्न नदिने चेतावनी दिएका छन्।
प्रकाशित: २४ भाद्र २०८२ १९:५२ मंगलबार

