२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

जेन-जी आन्दोलनमा हिरासतबाट भागेका युवक खोटाङबाट पक्राउ

जेन-जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार भएका एक थुनुवालाई खोटाङ प्रहरीले पक्राउ गरेको छ।

गत भदौ २४ गते काभ्रेस्थित इलाका प्रहरी कार्यालय, बनेपाको हिरासतबाट भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका-६, दिप्लुङ केराबारीका २३ वर्षीय प्रवीण मगरलाई शुक्रबार उनकै घरबाट पक्राउ गरिएको हो।

जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका मगर आन्दोलनको मौका छोपी फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार फरार भएदेखि मगर गाउँकै घरमा लुकीछिपी बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुशान्त मिश्रले स्थानीयको सूचनाका आधारमा टोली परिचालन गरी मगरलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका मगरलाई शनिबार जिल्ला सदरमुकाम दिक्तेल ल्याई आवश्यक प्रक्रिया पूरा गरेर इलाका प्रहरी कार्यालय, बनेपा काभ्रेलाई जिम्मा लगाइएको छ।

काभ्रे प्रहरीले उनलाई पुनः हिरासतमा राखी रोकिएको अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रकाशित: २२ कार्तिक २०८२ १९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App