२७ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

अवसर दिएर युवा पलायन रोक्नुपर्छ

नेपाल सरकारका पूर्व सचिव चन्द्र घिमिरेले मार्केटमा युवा पुस्तालाई स्वागत गर्ने वातावरण भएर करिअर बनाउन सकेमा विदेश पलायन हुनबाट रोक्न सकिने बताएका छन् । उनले मार्केटमा अवसर प्राप्त गर्ने वातावरण नहुँदा जति सुकै उपदेश दिएपनि रोक्न नसिकने दावी गरे ।  

‘अहिलेको विश्वव्यापी परिवेसमा जहाँ सम्भावना हुन्छ, त्यहाँ हरेक व्यक्ति जाने गर्छ,’ कस्तूरी कलेज इटहरीले आयोजना गरेको विद्यार्थीसँगको संवाद कार्यक्रममा पूर्व सचिब घिमिरेले भने ‘अहिलेको परिवेसमा व्यक्तिको मात्र मोभिलिटी होइन्, टेक्नोलोजी पनि हो । जुन मुलुकमा भविष्य छ भन्ने देख्छन, त्यही जाने गर्छन् ।’

उनले अहिलेको शिक्षित युवा पुस्तालाई नेपालमै राख्नका लागि राजनीतिक, आर्थिक र सामाजिक स्थीरता हुनुपर्नेमा जोड दिए ।  ‘अहिलेको युवा पुस्तासँग क्षमता प्रदर्शन गर्ने खुबी छ । नेपालका युवाको क्षमतालाई नेपालमै त्याग गरेको भए देशमा समृद्दिले फड्को मार्ने थियो । नेपालमा उद्यमशीलताका पनि प्रसस्त सम्भावना छ,’ उनले भने ‘संसारको मार्केटलाई डेलिभर गर्ने क्षमता अहिलेको युवासँग छ । यद्यपी, करिअर नदेखेकाले गर्दा नेपालमा युवा पुस्ता बस्नै चाहदैन् ।’

उनले नेपालको विकासका लागि सवैभन्दा पहिले क्वालिटी भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए । ‘क्वालिटी भौतिक पूर्वाधारमा हामीले लगानी बढाउनैपर्ने हुन्छ । त्यो भएपछि नेपालको लगानीको सम्भावित क्षेत्रहरुमा ह्वातै लगानी बढाउन सकिन्छ,’ घिमिरेले भने ‘नं. १ पर्यटन, नं. २ हाइड्रोमा अझै बढाउन सक्छौं र  नं. ३ आइटीमार्फत अघि बढ्न सक्छौं ।’  

उनले आइटीका लागि काठमाडौं नै गएर बस्नु पर्ने अवस्था नभएको जिकिर गरे ।  ‘इटहरीमै बसेर पनि आइटीको काम गर्न सकिन्छ । अहिले काठमाडौंबाहेक आइटीमापोखराले राइज गरि रहेको छ । बुटबलले राइज गरि रहेको छ । विराटनगरले भर्खरै पाइला टेक्न सुरु गरेको छ । तर, नेपालका अरु शहरहरुमा किन आइटीको विकास हुन सकेको छैन् ?,’ उनले भने ।  उनले युवाहरुको हितका निम्ति पनि पोलिटिक्कली रिफर्म हुर्नैपर्ने बताए ।  

कुसल नेतृत्व भएको खण्डमा नेपालमा अथाहा सम्भावना भएको उनले बताए । ‘हाइड्रोमा जहाँ प्राइभेट सेक्टरले अथाहा रगत, पसिना र पैसा लगानी गरेको छ । हाम्रा लगानीकर्ताले उत्पादन गरि रहेका छन् । त्यसको प्रतिफल हामीले पाउन थालेका छौं,’ उनले भने ‘यतिबेला नेपालले बिजुली भारत निर्यात गरि रहेको छ । वंगलादेशलाई निर्यात गरि रहेको छ ।’  

वंगलादेश पावरफूल देश भएकाले गर्दा भारतबाट पाइने मूल्यभन्दा वंगलादेशबाट बढी मूल्य पाउने हुँदा थप उत्पादन वृद्दि गर्न सक्ने बताए । कस्तूरी कलेजका प्रिन्सिपल कमलेश शर्मा पौडेलले सहजीकरण गरेको कार्यक्रममा घिमिरेले विद्यार्थीलाई भावी दिनमा करिअर बनाउनका लागि निजामति क्षेत्रमा प्रवेश गर्दा अपनाउने उपायबारे पनि केही महत्वपूर्ण सुझवा दिएका थिए । स्नातक र स्नातकोत्तर तहका विद्यार्थीले विभिन्न जिज्ञासा पनि राखेका थिए । 

प्रकाशित: २७ पुस २०८२ १९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App