अविरल वर्षाको बाढीले खोटाङमा एक युवक बेपत्ता भएका छन् । स्थानीय हौचुर खोलाले बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ का २१ वर्षीय सुमन विश्वकर्मा बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गाउँदेखि घर फर्कने क्रममा उनलाई शनिबार राति खोलाले बगाएको हो । खोलाले बगाएको भन्ने परिवारबाट खवर आएदेखि नै उनको खोजी भईरहेको तर, अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताए ।
उनलाई खोला तर्ने क्रममा बगाएको प्रहरीको भनाइ छ । निरन्तर भारी वर्षा भईरहेकाले खोजी गर्न कठिनाई भएको डिएसपी बुढाथोकीले बताएका छन् ।
प्रकाशित: १९ आश्विन २०८२ १९:०० आइतबार




