कालीकोटमा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ। रास्कोट नगरपालिका–१ सिप्खानाका २६ वर्षीय युवा दिपक बमको मृत्यु भएको हो।
शनिबार घर नजिकैको गौडेमेला भीरबाट लडेर बमको घटनास्थलमै मृत्यु भएको हो। बाख्रा फर्काउने क्रममा खुट्टा चिप्लिएर लड्दा मृत्यु जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
प्रकाशित: २२ चैत्र २०८२ १३:०० आइतबार





