२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर युवतीको मृत्यु

चट्याङ लागेर यहाँ एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका–१४ रुम्सीकी १९ वर्षीया ललिसा थापा रहेकी छिन्।

आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर ललिसा घाइते भएकी थिइन्। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार चट्याङ लागेर घाइते ललिसाको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हो।

प्रकाशित: ३ जेष्ठ २०८३ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App