१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा मनाइयो विश्व बाल दिवस, अभिभावकले बालबालिकाका आवाज सुन्नुपर्नेमा जोड

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजना तथा फुङलिङस्थित लिटलबुद्ध इङ्गलीस बोर्डिङ स्कुलको सहभागितामा बिहीबार फुङलिङमा विश्व बाल दिवस मनाइएको छ।

मौन र्‍याली तथा शुभकामना आदान–प्रदान गरेर विश्व बाल दिवस मनाइएको आयोजक जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए। तोक्मेडाँडामा भेला भएर नगर परिक्रमा गर्दै वीरेन्द्रचौमा पुगेर कोणसभा गरिएको थियो। कोणसभालाई निरीक्षक यादवले सम्बोधन गर्दै बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवर्द्धनमा सामाजिक संघसंस्था तथा विद्यालयहरुको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित विद्यालयकै सहभागितामा कार्यक्रम आयोजना गरिएको बताए।

उनले बालबालिकाका आवाजलाई बलपूर्वक दबाउने नभई सुन्ने र सोहि अनुसार कर्तव्यनिष्ठ बन्ने सबालमा अभिभावकहरू सचेत हुनुपर्नेमा जोड दिँदैंबाल अधिकार संरक्षण गर्न सरोकारबाला सबै गम्भीर र सचेत हुनुपर्ने बताए। लिटलबुद्ध इङ्गलीस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच र समानतासहितका हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको महत्वपूर्ण योगदान रहने बताए। उनले अधिकार र कर्तव्यसंगै जोडिएर आउने भएकोले अधिकार माग्दा कर्तव्यबाट बिमुख नहुन बालबालिकालाई आग्रह गरे।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि आफूहरूले विश्व बाल दिवस कार्यक्रम आयोजना गरेको जानकारी दिए। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९८९ को २० नोभेम्बरका दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो।

प्रकाशित: ४ मंसिर २०८२ १०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App