११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

सुख्खा पहिरोमा पुरिए कामदार

कालीकोटको पचालझना–६  घाटाचौर क्षेत्रमा  सुख्खा पहिरो खस्दा कामदार पुरिएका छन् । कर्णाली करिडोर अन्तर्गत सुर्खेत–हुम्ला सडक सण्डमा काम गरिरहेका पचालझरना गाउँपालिका –७ का प्रिर्थि बोहोरा पुरिएका हुन् ।  

नेपाली सेनाले सडक निर्माण गरिरहेको घाटाचौर कर्णाली नदी किनार क्षेत्रमा  काम गरिरहेका कामदार आइतबार  दिउँसो करिब १ बजे डेराबाट निर्माण स्थलमा तेल बोकेर जानेक्रममा माथिबाट खसेको सुख्ख पहिरोमा परी पुरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।    

घटनापछि थिर्पु प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरेपनि पहिरो नरोकिएकाले उद्धार गर्न नसकिएको स्थानीयको भनाई छ ।

कर्णाली करिडोरअन्तर्गत कालीकोट जिल्लाको पलाँता गाउँपालिकाको घाटाचौरदेखि बाजुराको भुक्काखोला सम्मको ११.०५ किलोमिटर चट्टानी भाग छिचोल्ने काम नेपाली सेनाले गरिरहेको छ। त्यसमध्ये ६.४८५ किलोमिटर ट्र्याक खन्ने काम भइसकेको छ।

प्रकाशित: ११ मंसिर २०८२ १६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App