पुनर्निर्माणको चरणमा रहेको काठमाडौं नक्सालको भाटभटेनी डिपार्टमेन्टल स्टोर भत्काउँदै गर्दा च्यापिएर तीन कामदार घाइते भएका छन् ।
काम गर्दैगर्दा अचानक ढलेपछि च्यापिएर तीन जना घाइते भएका हुन् । तीन जनामध्ये दुई जनाको अवस्था अलि गम्भीर रहेको छ । एक जना सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रविण धितालका अनुसार उपचारमा रहेकामध्ये दुई जनाको बोली आएको छैन भने एक जना सामान्य अवस्थामा रहेको र उपचार भइरहेको छ।
भत्काउँदै गरेको स्टोर अचानक भत्किँदा काम गरिरहेका कामदारहरू च्यापिएका थिए। घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
भाटभटेनी स्टोरमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोडमा ठूलो क्षति भएको थियो भने अहिले यो भवन कामदारहरूले भत्काइरहेका थिए।
सडक क्षेत्र छेकेर भवन भत्काउँदै गरे पनि त्यस क्षेत्रमा आवागमन असुरक्षित भएको थियो।
प्रकाशित: २३ कार्तिक २०८२ १६:५९ आइतबार



-600x400.jpg)

