आइतबार बिहान परेको चट्याङले एक महिलाको मृत्यु भएको छ। खोटाङको हलेसी तुवाचुङ-५ दुर्छिम पिपलडाँडाकी ५४ वर्षीया बदमसरी परियारको चट्याङ लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बिहान घर बाहिर रहेको विद्युतको मिटरबक्स बन्द गर्न जाँदै गर्दा परियारलाई चट्याङ लागेको थियो।
जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी प्रतीक खड्काले महिलाको घटनास्थलमै मृत्यु भएको बताए।
प्रकाशित: ४ श्रावण २०८२ १६:४४ आइतबार





