१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

दुर्घटनामा घाइते महिलाको नि*धन, ठक्कर दिएर भाग्ने गाडी नियन्त्रणमा

अघिल्लो बिहान गाडीको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा निधन भएको छ। बुधबार बिहान ५ः३५ बजे मदन भण्डारी लोकमार्गअन्तर्गत बेलका नगरपालिका-९ रामपुरमा घाइते अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा निधन भएको हो।

प्रहरीका अनुसार रामपुर बजारको झण्डाचोकस्थित सडकमा गम्भीर घाइते अवस्थामा भेटिएकी सोही ठाउँकी ५६ वर्षीया लक्ष्मीमाया राईलाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारार्थ विराटनगर पठाइएको थियो। तर, साँझ उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरी निरीक्षक विष्णु खड्काका अनुसार मर्निङवाकका क्रममा रहेकी राईलाई ठक्कर दिएर भागेको प्र १-०५-००१ ज ००२२ नं. को बोलेरो गाडी नियन्त्रणमा लिइएको छ। घाइतेलाई घटनास्थलमै छाडेर फरार जीप चालक भोजपुरको आमचोक गाउँपालिका १ का ३७ वर्षीय प्रेम विश्वकर्मालाई इलाका प्रहरी कार्यालय रामपुरको टोलीले खोजी गरी पक्राउ गरेको छ।

मृतकको शव अस्पतालमै राखेर पोष्टमार्टम प्रक्रिया अघि बढाइएको तथा चालक र जीप इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले बताए।

प्रकाशित: १२ कार्तिक २०८३ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App