२५ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

बर्दियामा गोहीको आक्रमणबाट महिलाको मृ’त्यु

बर्दियाको गेरुवा नदीमा माछा मार्ने क्रममा गोहीको आक्रमणमा परेकी ५१ वर्षीया पुष्पा लामिछानेको मृत्यु भएको छ।

मधुवन नगरपालिका-३ की लामिछानेलाई शुक्रबार दिउँसो करिब २ बजे नदी किनारमा माछा मारिरहेको अवस्थामा गोहीले अचानक आक्रमण गरी बेपत्ता बनाएको थियो।

नदीमा गोहीले मानिसको टाउको च्यापेर हिँडिरहेको स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

घटनालगत्तै इलाका प्रहरी कार्यालय राजापुर, इलाका प्रहरी कार्यालय ढोढरी, सशस्त्र प्रहरी बल राजापुर, नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त टोली डुङ्गासहित उद्धार तथा खोजतलासका लागि परिचालन भएको थियो।

सुरक्षाकर्मीको टोलीले निरन्तर खोजी गर्ने क्रममा शुक्रबार राति साढे १० बजे नदीमा तैरिरहेको अवस्थामा लामिछानेको शव फेला पारेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ आश्विन २०८३ १९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App