१९ माघ २०८२ सोमबार
image/svg+xml
समाज

रूखबाट लडेर महिलाको मृत्यु

उदयपुरको चौदण्डीगढी नगरपालिकाकी एक महिलाको लडेर मृत्यु भएको छ । शुक्रबार विहान चौदण्डीगढी ७ सातधारेस्थित बसन्त पञ्चमी सामुदायिक वन उपभोक्ता समूहको जङ्गलमा रुखबाट लडेर ४२ वर्षीया नमिता राईको मृत्यु भएको हो ।  

प्रहरीका अनुसार विहान करिब ८ः४५ बजेजस्तो समयमा सोही वडाकी राईको सुकेको रुखमा चढेर दाउरा काट्ने क्रममा लडेर ज्यान गएको हो । दाउरा काट्न भनेर सुकेको सालको रुख चढेकी राई दाउरा काट्दै गर्दा अचानक लडेर गम्भीर घाइते भएकी थिईन् ।  

उनको तत्काल उद्धार गरी नगर अस्पताल बेलटारमा ल्याएकोमा उपचारकै क्रममा आधाघण्टापछि निधन भएको प्रहरीले जनाएको छ । 

प्रकाशित: २५ पुस २०८२ १६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App