१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

टेको हटाउने क्रममा गाडी ‘पछाडि’ जाँदा...

देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ। लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

आफ्नै घर अगाडि रोकिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘पछाडि’ जाँदै आफैं गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए। 

तुरुन्त लमही अस्पताल पुर्याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरे। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ४ श्रावण २०८२ ०९:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App