२४ मंसिर २०८२ बुधबार
image/svg+xml
समाज

गाईजात्राका लागि भक्तपुरभरि काटियो तार

गाईजात्राका लागि भक्तपुरका मुख्य पुराना बजारहरूमा अव्यवस्थित रुपमा रहेका तारहरू काटिएका छन् ।  

गाईजात्रामा ताहासा (गाईको प्रतीकको रुपमा बनाइने) लान अप्ठेरो नहोस् भनेर जात्रा व्यवस्थित गर्न तारहरू काटिएका हुन् । जात्रामा अप्ठेरो पार्न सक्ने बिजुली, टेलिफोन, इन्टरनेटलगायतका तारहरू काटिएका छन् ।  

जात्रामा नगर घुमाइने मृतकको प्रतिकका रुपमा बाँसबाट बनाइने ताहासा अग्लो हुन्छ । गाईजात्राका क्रममा भक्तपुर नगरभरि यस्ता सयौँ तहासाहरु परिक्रमा गराउने गरिन्छ । यही कारण यसलाई घुमाउन असहज नहोस् भनेर जात्रा लाग्ने नगरका मुख्य मुख्य बाटाहरूमा रहेका तारहरू काटिएका हुन् । विशेष गरेर बाटोको दुई छेउ वारपार गरी तानिएका होचा तारहरू काटिएका हुन् ।  

भक्तपुरसहित काठमाडौं उपत्यका र देशभर आइतबार धूमधामका साथ जात्रा मनाइँदै छ । जात्राका क्रममा भक्तपुरमा भक्तपुर नगरका मुख्य मुख्य मार्गहरूमा जात्रा लाग्ने गर्दछ । नगरको न्यातापोल ९पाँंचतल्ले मन्दिर०, गहिटी, नासमना, इटाछें, खौमा, दरबार क्षेत्र, पुरानो अरनिको सभाभबन, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, सूयमढी, दतात्रय, इनाचो, गोल्मढी, सुकुलढोका हुँदै पाँंचतल्ले मन्दिर पुग्ने जात्रा लाग्ने गर्दछ । 

भक्तपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष उपेन्द्र सुवालको संयोजकत्वमा तार व्यवस्थापन समिति गठन गरेको थियो । समितिको नेतृत्वमा तार काट्ने काम भएको हो ।  संयोजक सुवालले जात्रा सञ्चालन गर्न अप्ठेरो पार्न सक्ने तारहरू काटिएको जानकारी गराए ।  

यसैबिच भक्तपुर नगरपालिकाले २०८२ को गुन्हीपुन्ही र सापारु पर्व ९गाइजात्रा० लाई लक्षित गरी सापारु प्रदक्षिणा मार्गमा शुक्रबार सचेतनामूलक सफाइ कार्यक्रम आयोजना ग¥यो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा दत्तात्रय–सूर्यमढी–क्वाठण्डौं–नागपोखरी–महालक्ष्मीस्थान–भोलाछेँ–चोछेँ–त्रिपुरासुन्दरी–दरबार क्षेत्र र उपप्रमुख रजनी जोशीको नेतृत्वमा दत्तात्रय–गोल्मढी–सुकुलढोका–टौमढी–नासमना– वंशगोपाल–इटाछेँ हुँदै सरसफाइ ¥याली खौमामा पुगी सभामा परिणत भएको थियो ।

प्रकाशित: २३ श्रावण २०८२ १८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App