२० माघ २०८२ मंगलबार
image/svg+xml
समाज

थपियो जाडो बिदा, थप तीन दिन विद्यालय बन्द

फाइल तस्बिर

वीरगन्ज महानगरले शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

पछिल्लो दुई सातादेखि महानगर आसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतेसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो। यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ।

वीरगन्ज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार विगत केही दिनदेखि बढ्दै गएको चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई थप बिदा दिइएको हो। आगामी पुस २० गतेदेखि विद्यालय फेरि सञ्चालन हुने जनाइएको छ। रासस

प्रकाशित: १६ पुस २०८२ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App