११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

किन रोकियो अमेरिकी डिभी लटरी ?

सन् २०२७ को डिभी प्रवेश प्रक्रियामा परिवर्तनको तयारीबीच ट्रम्प प्रशासनको निर्णय

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डाइभर्सिफाइड भिसा लटरी (डिभी) कार्यक्रम अस्थायी रूपमा स्थगित गरेका छन्। अमेरिकामा कम बसोबास भएका देशका नागरिकलाई स्थायी बसोबासका लागि आवेदन दिन अनुमति दिने यो कार्यक्रम हालका लागि बन्द गरिएको हो।

ट्रम्प प्रशासनले सन् २०२७ को डिभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गर्ने बताएको करिब एक महिनापछि यो निर्णय सार्वजनिक भएको हो। प्रस्तावित परिवर्तनहरूको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन।

अमेरिकी होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोमले यो निर्णय राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार लिइएको बताउँदै अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) लाई डिभी कार्यक्रम रोक्न निर्देशन दिइएको जानकारी दिएकी छन्। दी गार्डियनको अनलाइन संस्करणका अनुसार सुरक्षा चासोका कारण यो कदम चालिएको हो।

सचिव नोमले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै ब्राउन युनिभर्सिटी र एमआईटीमा भएका गोलीकाण्डसँग सम्बन्धित आरोपितलाई अमेरिका प्रवेश अनुमति दिइएको प्रसङ्ग उल्लेख गरेकी छन्। उनले यस्ता हिंस्रक व्यक्तिलाई अमेरिकामा कहिल्यै प्रवेश गर्न दिनु हुँदैनथ्यो भन्ने टिप्पणी समेत गरेकी छन्।

गत महिना ट्रम्प प्रशासनले सन् २०२७ को चक्रका लागि डिभी लटरी प्रवेश प्रक्रिया परिमार्जन गर्ने योजना बनाएको घोषणा गरेको थियो। तर ती परिवर्तन कहिले र कसरी लागू हुन्छन् भन्ने विषयमा आधिकारिक स्पष्टता आउन बाँकी छ।

प्रकाशित: ४ पुस २०८२ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App