९ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

बबरमहलको आकाशे पुल कहिलेदेखि सञ्चालनमा आउँछ ?

काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ।

सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गरिएको हो।

पुल निर्माण भएसँगै पैदलयात्रुलाई सुरक्षित रूपमा सडक पार गर्न सजिलो हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सडक डिभिजन कार्यालय, काठमाडौंका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको बताइएको छ।

विसं २०८२ फागुन २१ गते निर्माण सम्झौता भई सुरु भएको थियो। पुल निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै यसै हप्ताभित्र पैदलयात्रुका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको बताए।

उक्त पुल निर्माणका लागि रु दुई करोड ५२ लाख ४५ हजार ९५३ लागत निर्धारण गरिएको थियो। पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वक्र्स प्रालिले पाएको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App