४ वैशाख २०८३ शुक्रबार
image/svg+xml
समाज

अधिकांश स्थानको मौसम धुम्म, धेरै ठाउँमा वर्षा

अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी प्रदेशबाहेक सबै प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको छ। पानी पार्ने प्रणाली पूर्वतिर फैलिदै गइरहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार अहिले पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली पनि नेपाल भित्रिएको छ। यसको प्रभावले गण्डकी, लुम्बिनी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै ठाउँहरूमा पानी परिरहेको छ। 

महाशाखाले आज (बुधबार) र भोलि (बिहीबार) देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ।  

प्रकाशित: २५ चैत्र २०८२ १३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App