मौसमविद् विनोद पोखरेलले आगामी अष्टमीदेखि दसैँभरि समग्रमा मौसम राम्रो रहने अनुमान गरेका छन्। यद्यपि केही स्थानमा छोटो समयका लागि हल्का वर्षा हुन सक्ने सम्भावना भने कायमै रहेको उनले बताए।
पोखरेलका अनुसार आज अपराह्न र राति कमजोर पश्चिमी वायुको प्रभावले पश्चिम नेपालका केही स्थानमा हल्का वर्षा हुन सक्छ। यसको प्रभाव भोलिसम्म रहने देखिएको छ।
धेरै ठाउँमा बादल लाग्ने भए पनि पहाडी भेगका थोरै स्थानमा मात्रै वर्षा हुने सम्भावना रहेको उनले बताएका छन्।
‘अर्को हप्ता अष्टमीदेखि दसैँभरि समग्रमा राम्रो मौसम रहने देखिन्छ। यद्यपि दुई–चार ठाउँमा छोटो समयका लागि हल्का वर्षाको सम्भावना भने अझै बाँकी छ,’ पोखरेलले भनेका छन्।
प्रकाशित: २९ आश्विन २०८३ ०९:४० बिहीबार



-600x400.jpg)

