७ वैशाख २०८३ सोमबार
image/svg+xml
समाज

‘एक वर्षभित्र पुशपति क्षेत्र विकास कोषलाई आइटी वेस संस्था बनाउँछौं’

पुशपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा निमित्त सदस्य सचिव श्रीधर सापकोटाले अब एक वर्षभित्र कोषलाई आइटी वेस संस्था बनाउने घोषणा गरेका छन् ।

विकास कोषको ४० औं वार्षिकोत्सव समारोहको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले कोषको प्रशासन व्यवस्थालाई चुस्त दुरुस्त बनाउनको लागि पनि आइटीमा जानुको अर्को विकल्प नभएको बताए ।

उनले भने,‘हामीले अब एक वर्षभित्र ४१ औं वार्षिकोत्सव मनाउने उपलक्ष्यमा यो एक वर्षभित्र पशुपति क्षेत्रलाई आइटी वेस संस्था बनाऔँ । त्यसको लागि पनि प्रण गरौं । त्यो नभई अब चल्ने अवस्था छैन। हाम्रो प्रशासन व्यवस्थालाई चुस्त दुरुस्त बनाउन पनि हामी सबै प्रणालीलाई आइटी वेसमा लादैछौं । यो एक वर्षभित्र यो गर्ने छौं ।’

त्यस्तै उनले पशुपति क्षेत्रलाई भ्रष्टाचार मुक्त क्षेत्र बनाउने पनि जानकारी दिए । भगवान पशुपतिनाथलाई साक्षी राखेर भ्रष्टाचारको शुन्य सहनशिलता कायम गर्ने छौं भनेर सबैले प्रण गर्ने बेला आएको उनको भनाई छ ।

‘हामी यो प्रण गारौं कि हामी यो पशुपति क्षेत्रलाई भ्रष्टाचार मुक्त क्षेत्र बनाउने छौं । हामी भ्रष्टाचारको शुन्य सहनशिलता कायम गर्ने छौं । भगवान पशुपतिनाथलाई साक्षी राखेर भन्नुपर्ने बेला आएको छ,’उनले भने । कोषध्यक्ष सापकोटाले आज सिंगो नेपाल सरकारको सहयोग कोषलाई हुँदा पनि केही गर्न नसेक कहिल्यै गर्न नसकिने बताउँदै भने,‘आज हाम्रो पछाडी सिंगो नेपाल सरकार छ र आज यो अवस्थामा पनि हामीले केही गरेनौं भने ,केही गरेर देखाउन सकेनौं भने झन् के हुन्छ ?’

प्रकाशित: ७ वैशाख २०८३ २१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App