२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

कसैप्रति काखापाखा नगरी शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउछौंः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित बाताबरणमा सम्पन्न बनाउन कसैप्रति काखापाखा नगर्न स्पष्ट निर्देशन दिएका छन् ।

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सुरक्षाकर्मी र प्रशासनको दायित्व रहेको बताए ।  

चुनावी समयमा शान्ति सुरक्षाको अवस्था वारे जानकारी लिने क्रममा शुक्रवार रौतहट सदरमुकाम गौर आएका गृहमन्त्री अर्यालयले कानुन विपरीत काम गर्नेलाई कुनै छुट नदिन स्पष्ट दिर्नेशन दिएका हुन् ।

रौतहटका सुरक्षा अधिकारीलाई निर्देशन पश्चात संचारकर्मीहरु संग संक्षिप्त कुरागर्दै गृहमन्त्री अर्यालले राम्रो नियत र सभ्य व्यवहार गर्ने उम्मेदवार तथा दललाई सहजीकरण गरिनेछ । “हामी सहजकर्ताको भूमिकामा छौं,” गृहमन्त्री अर्यालले भने, “तर गलत गर्ने, कानुन मिच्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइन्छ ।”

निर्वाचन आयोगको आचारसंहिता अनुसार निर्वाचन सम्बन्धी कसूर गरेमा कारबाही हुने कानुनमा स्पष्ट व्यवस्था रहेको छ । दण्डहीनताको संस्कृतिलाई अन्त्य गर्ने उद्देश्यले कुनै पनि प्रकारको इन्डेम्निटी (उन्मुक्ति) नदिइने गृहमन्त्री अर्यालले बताए ।

केही समूहले अनावश्यक आशंका र अफवाह फैलाउने प्रयास गरे पनि गृहमन्त्रीले त्यस्ता हल्लामा विश्वास नगर्न आग्रह गरेका छन । “सरकार र आयोगको तयारी स्पष्ट छ, निर्वाचन निर्धारित मितिमै शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ,” उनले भने ।

संचारकर्मीको प्रश्नको जवाफमा गृहमन्त्री अर्यालले राजनीतिक सुशासनको दिशामा यो निर्वाचन महत्वपूर्ण कदम हुने गृहमन्त्री अर्यालले विश्वास व्यक्त गरेका छन ।  

यसअघि प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले रौतहटको समग्र रुपमा सुरक्षाबारे गृहमन्त्री अर्याललाई जानकारी गराएका थिए। रौतहटमा सीमा क्षेत्र देखि लिएर  

अतिशम्वेदनसिल, सम्बेदनशिल मतदात केन्द्रहरुमा सुरक्षाको उच्च प्रबन्ध मिलाएर सम्पूर्ण तयारी पुरा भएको प्रजिअ भुसालले बताए ।

गृहमन्त्री अर्याल संगै प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, बलाधिकृत रथी प्रदिप जंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर, सह सचिव आनन्द काफले, सशस्त्र प्रहरीका डिआइजी विष्णु भट, उपसचिव रमा आचार्य सहितको टोली रौतहट आएको थियो ।

प्रकाशित: १५ फाल्गुन २०८२ १८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App