२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताएका छन्।

प्रदेश सुशासन केन्द्रले भालुबाङमा आयोजना गरेको ‘कानुन, बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण’सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आज उद्घाटन गर्दै उनले सबैको भावना समेटेर जनमुखी र विकास केन्द्रित बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए।

मुख्यमन्त्री आचार्यले आगामी आवको नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारी तीव्र रूपमा अघि बढाइएको बताए। 'आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटिरहेका छौँ। सबैको भावना समेटिने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी छ,' उनले भने।

प्रदेश सुशासन केन्द्रका प्रमुख कार्यकारी निर्देशक उजिरप्रसाद न्यौपानेको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश सरकारका मन्त्री, संसदीय समितिका सभापति तथा प्रदेशसभा सदस्यहरूको सहभागिता छ। 

प्रकाशित: ८ जेष्ठ २०८३ ११:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App