हामी नेपाल नामको संस्थाले नेपाली सेनालाई धन्यवाद दिएको छ। कठिन समयमा देशको उद्धार गरेको संस्थाले नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई धन्यवाद दिएको हो।
सुदन गुरुङ नेतृत्वको हामी नेपालले सामाजिक सञ्जालमा लेखेको छ, ‘हामी सम्पूर्ण नेपालीको तर्फबाट नेपाली सेना र सेनापति अशोकराज सिग्देललाई उनको अदम्य समर्थन, समर्पण र देशभक्तिपूर्ण सेवाप्रति हार्दिक धन्यवाद व्यक्त गर्छौं। देशको हितको लागि, संयमता र साहसको बिन्दु बनी, देशको कठिन समयमा देशलाई उद्धार गरेकोमा हजुरहरूलाई तहदिल धन्यवाद। हामी नेपाल र जेन-जी क्रान्तिको तर्फबाट नेपाली सेना र सेनापति अशोकराज सिग्देललाई हार्दिक सलाम। हामी नेपालीहरू सधैं नेपाली सेना प्रति ऋणी रहनेछौं।’
मंगलबार र बुधबारको प्रदर्शनमा जनधनको क्षति भएपछि नेपाली सेनाले सुरक्षा कमान्ड हातमा लिएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठनका लागि पहल गरेको थियो। जसअनुसार हालको संसद विघटन भएर आगामी फागुन २१ गते मध्यावधि निर्वाचन मिति तोकिएको छ।
प्रकाशित: २८ भाद्र २०८२ ०९:५८ शनिबार



-600x400.jpg)

