१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

मनाङमा झरनाको भल नदीतर्फ मोडेर जोगाइयो तालबस्ती

मनाङको नासोँ गाउँपालिका-१, तालस्थित बस्तीमा झरनाबाट उर्लिएको भल पस्ने जोखिम बढेपछि प्रहरीले पानीको बहाव नदीतर्फ मोडेर बस्ती जोगाएको छ।

जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण स्थानीय झरनाबाट बगेर आएको पानी बस्तीमा प्रवेश गर्ने उच्च जोखिम सिर्जना भएको थियो।

उक्त जोखिमलाई मध्यनजर गर्दै प्रहरी चौकी तालबाट खटिएको टोलीले आवश्यक सतर्कता अपनाएको थियो। टोलीले पानीको बहावलाई नदीतर्फ सुरक्षित रूपमा निकास गराई सम्भावित क्षतिबाट बस्तीलाई संरक्षण गरेको हो।

प्रकाशित: १४ कार्तिक २०८३ १६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App