चितवनस्थित नारायणी नदीमा जलसतह खतराको विन्दु आसपास पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
नदीमा बाढीको बहाव बढ्दो क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहानसम्म नै सतर्क रहन सूचित गरेको हो।
महाशाखाका अनुसार शनिबार दिउँसो २:१० बजेको मापनमा देवघाट जलमापन केन्द्रमा नारायणी नदीको जलसतह खतराको तह आसपास पुगेको छ। पानीको सतह निरन्तर उकालो लागिरहेकाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम उच्च बनेको छ।
नदीको बहाव तीव्र बनेपछि महाशाखाले तल्लो तटीय क्षेत्र तथा आसपासका डुबान भइरहने बस्तीका बासिन्दालाई भोलि बिहानसम्मै उच्च सतर्कता अपनाउन र सुरक्षित रहन विशेष अपिल गरेको छ।
हेराैं तस्बिरहरु, सबै तस्बिर: वसन्त ढुंगाना/नागरिक








प्रकाशित: १० आश्विन २०८३ १५:१० शनिबार





