१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

मर्स्याङ्दी नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

मर्स्याङ्दी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। आज बिहान ३ः१० बजे लमजुङको भकुण्डेबेँसीस्थित जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मर्स्याङ्दी नदीको तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ। नदीको जलसतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको हो।

प्रकाशित: १४ भाद्र २०८३ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App