सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेको छ।
शनिबार साँझ ७:१५ बजेको पछिल्लो मापनअनुसार कोशी ब्यारेज भएर २ लाख ८७ हजार ५३० क्युसेक पानी प्रतिसेकेन्डका दरले बगिरहेको छ।
पानीको सतह खतराको विन्दुभन्दा माथि पुगेपछि नियन्त्रणका लागि ब्यारेजका ३७ वटा ढोका खोलिएका छन्।
ब्यारेज प्रशासनका अनुसार पानीको बहाव खतराको तहमा रहे पनि पछिल्लो समय यो क्रमिक रूपमा घट्दो क्रममा देखिएको छ।
यद्यपि, नदीमा जलसतह अझै जोखिमपूर्ण अवस्थामै रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रकाशित: १० आश्विन २०८३ १९:५९ शनिबार



-600x400.jpg)

