२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

हिंसा पीडितको आश्रयस्थल ‘दिमा आमा घर’लाई न्यानो सहयोग

कर्णालीका दुर्गम हिमाली बस्तीसम्म हिंसा पीडित महिलाको आवाज र अधिकार सुरक्षित गर्न अहोरात्र खटिँदै आएको ‘दिमा आमा घर’ जुम्लालाई सर्वोदय नेपालले न्यानो सामग्री हस्तान्तरण गरेको छ।  

साहास परियोजनाअन्तर्गत गरिएको सहयोगले शीतलहरको सङ्कटमा रहेका आश्रित महिलालाई राहत र सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ।

सरल तर संवेदनशिल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले संस्थाकी अध्यक्ष दिल्माया शाहीलाई न्यानो सिरक, डस्ना तथा अन्य सामग्री हस्तान्तरण गर्दै हिंसा मुक्त समाज निर्माणका लागि राज्य–सरकार, संस्था र समुदाय सबै एक ढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।  

‘हाम्रो समाजमै हिंसा अन्त्य गर्ने हो भने जिम्मेवारी हरेक नागरिकको काँधमा छ,’ प्रजिअ पौडेलले भने। सर्वोदय नेपालले उपलब्ध गराएको सामग्रीमा ६ केजीको फाइबर सिरक, १० केजीका ६ थान डस्ना, अन्य ६ थान सिरक, तन्ना र खोलसहित करिब ३९ हजार ३ सय रुपैयाँ बराबरका सामग्री छन्।  

No description available.

सर्वोदय नेपालका कार्यक्रम व्यवस्थापक भानु लिम्बूले कठोर हिउँदमा आश्रित महिलाहरूलाई न्यानो र सुरक्षित वातावरण उपलब्ध गराउन सहयोग गरिएको बताए।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय जुम्लाकी प्रमुख कल्पना आचार्य (नेपाल)ले दिमा आमा घरका अध्यक्ष शाही नेतृत्वको टोलीले हिंसा विरुद्धको अभियानलाई सामाजिक आन्दोलनको रूप दिएको उल्लेख गर्दै सरकारले यस्ता संरचनालाई प्राथमिकतामा राख्नुपर्ने बताइन ।  

दिमा आमा घरकी अध्यक्ष दिल्माया शाहीले संस्थाको उद्देश्य, उपलब्धि र आगामी योजनाहरू प्रस्तुत गर्दै सहयोगी संस्था सर्वोदय नेपालप्रति कृतज्ञता व्यक्त गरिन्।

घरमा अहिले चार जना हिंसा पीडित महिला बसेकी छन्। २६ जनाले सेवा लिएका छन्।

प्रकाशित: १० मंसिर २०८२ २१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App