डिभिजन वन कार्यालयले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त गरेको छ। चितवन डिभिजन वन कार्यालयले हालै छ जनालाई स्वयंसेवक नियुक्त गरी काममा खटाएको हो।
उक्त कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार स्वयंसेवकले सशस्त्र वन रक्षकहरूसँगको सहकार्यमा वनमा लागेको आगो निभाउने छन्। डढेलोको जोखिम भएका स्थानमा उनीहरूलाई आगामी तीन महिनासम्म परिचालन गरिने छ।
चितवनमा सामुदायिक, कवुलियती, धार्मिक र निजी वन छन्। सीमित स्रोत र साधन भए पनि जङ्गलको आगो निभाउन हरसम्भव प्रयास गरिने उनले बताए। केही सामुदायिक वनसँग भएका सामग्री र सुरक्षा निकायसँगका उपकरण प्रयोग गरेर अग्ति समन हुँदै आएको उनले बताए।
प्रकाशित: ४ चैत्र २०८२ ०९:५१ बुधबार




