७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

भदौपछि मात्र स्याउ टिप्न किसानलाई आग्रह

कृषि विकास कार्यालय जुम्लाले भदौपछि मात्रै स्याउ टिप्न किसानहरूलाई आग्रह गरेको छ। कार्यालयले सूचना जारी गर्दै  भदौपछि मात्रै स्याउ टिप्न आग्रह गरेको हो। 

परिपक्व र स्याउको रङ्ग ७० प्रतिशतभन्दा माथि भइसकेपछि मात्रै बिक्री गर्न किसानलाई निर्देशन गरिएको छ। सूचनामा भनिएको छ,'स्याउ बगैँचा धनीहरूले स्याउ नपाक्दै काँचो स्याउ टिपेर बिक्री गर्नाले स्याउमा पौष्टिक तत्त्वको कमी हुने,गुणस्तर र स्वादमा कमी भई दीर्घकालीन  रुपमा गुणस्तरमा असर देखिन्छ। स्वादिलो तथा गुणस्तरीय स्याउ टिपी विक्री गर्न आग्रह गरिएको छ।'

भदौ महिना सकिएपछि मात्रै स्याउ टिप्न उपयुक्त हुने कृषि विज्ञहरू बताउँछन्। नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौती हुने गरेको उनीहरूको भनाइ छ।

जुम्लामा रेड, रोयल, गोल्डेनसँगै उच्च घनत्वको स्याउ समेत उत्पादन भइरहेको छ। जिल्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ। जिल्लामा १९ हजार घरधुरीमध्ये १६ हजार घरधुरीमा स्याउ गरेको तथ्याङ्क छ।

प्रकाशित: ११ श्रावण २०८२ १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App