१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

बालबालिकाको अधिकार संरक्षण गर्दै निर्वाचन सम्पन्न गर्न आग्रह

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले निर्वाचनको समयमाा बालबालिकालाई सुरक्षित रुपमा प्रयोग गर्न अपिल गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै अभियानले यस्तो अपिल गरेको हो।  

निर्वाचन नजिकंदै गएको राजनीतिक दल तथा उम्मेदवारहरूले बालबालिकालाई कुनैप्रचार–प्रसार गर्न,जुलुस आमसभामा सहभागी नगराउन,विद्यालय तथा शिक्षकहरूले विद्यार्थीहरूलाई निर्वाचन गतिविधिबाट टाढा राख्न अपिल गरेको छ।  

राजनीतिक पार्टी,अभिभावक तथा समुदायले बालबालिकालाई राजनीतिक प्रयोगबाट जोगाउन सक्रिय भूमिका निर्वाह गर्न,सामाजिक सञ्जालमा बालबालिकाको प्रयोग गरी विभिन्न राजनीतिक दलको समर्थन र विरोधको नाममा बनाइएको  भिडियोहरू शेयर लाइक, कमेन्ट नगर्न, उक्त सामाग्रीहरु तत्काल हटाउनको लागि सम्बन्धित निकायमा उजुरी दिन अपिल गरेको छ।  

 हिंसा, युद्ध, द्वन्द्वत्मक गतिविधिका भिडियो, श्रव्य दृष्य, प्रचारप्रसार, प्रयोग, प्रकाशन र प्रशारणबाट बालबालिकालाई जोगाउन, बालबालिकासँग सकारात्मक छलफल गरी यस्ता गतिविधिबाट हुनसक्ने मानसिक समस्याबाट जोगाउन,मतदान केन्द्र रहेका विद्यालयहरुमा निर्वाचन कार्य सम्पन्न भएपश्चात् विद्यालयहरु सफा गर्न, विद्यालयका भौतिक संरचना यथास्थानमा राख्न र व्यवस्थित गर्नु पर्ने जनाएकोे छ।  

निर्वाचनमा कुनै पनि बालअधिकार उल्लंगन भएमा जानकारी पाउन साथ बाल हेल्पलाइन सेवा १०९८, नेपाल प्रहरीको नम्बर १००, राष्ट्रिय बाल अधिकार परिषद्, स्थानीय बाल अधिकार समिति, राष्ट्रिय मानव अधिकार आयोग, निर्वाचन आयोग र बालबालिकाको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुमा सूचना प्रवाह गर्न अपिल गरेको छ।  

साथै ऐन विपरित निर्वाचनको क्रममा बालबालिकालाई सामाजिक सञ्जालको माध्यमबाट पक्ष विपक्षको रूपमा रिल, भिडियो, टिकटक आदिमा एआइको समेत प्रयोग गरी भोट माग्ने जस्ता गतिविधि गरिएकोमा आपत्ति प्रकट गरेको छ।  

‘लोकतन्त्रको महत्वपूर्ण अभ्यास निर्वाचन रहेको र यो अवधिमा जबरजस्ती बालबालिकाको सहभागिता, दुरुपयोग वा राजनीतिक स्वार्थका लागि प्रयोग गरिनु बालअधिकारको गम्भीर उल्लङ्घन हो ’विज्ञप्तिमा उल्लेख छ ।  

विद्यालयमै विद्यार्थीसँग कुनै पार्टीलाई भोट दिनको लागि शिक्षकबाट नै सूचित गरिएको र्याली, जुलुस, स्वागत र भेटघाटको नाममा विद्यालय पोशाक सहित सहभागी गराइएको झण्डा, व्यानर, टि–सट, क्याप, लोगो लगाई प्रचारमा हिड्न प्रेरित गराइएको परिषदले जनाएको छ।  

त्यसैगरी  निर्वाचनको केन्द्रहरुमा हप्तादिन अघिदेखि नै हातहतियार सहित विद्यालय क्षेत्रभित्र सुरक्षाकर्मी प्रवेश गर्ने जस्ता गतिबिधी निर्वाचनका क्रममा बाल अधिकार उलंघन भएका १५० भन्दा बढी घटनाहरु परिषदको अभिलेखीकरण गरिएको र ७५ भन्दा बढी घटनाहरु उजुरी भएको जनाइएको छ।

प्रकाशित: १८ फाल्गुन २०८२ १५:२३ सोमबार