रौतहटमा एक जना पुरुषको बेवारिस अवस्थामा शव फेला परेको छ।
राजदेवी नगरपालिका वडा नम्बर ४ गडहियाटोलस्थित बागमती नदीको किनारमा पहिचान खुल्न नसकेको एक अधबैसे पुरुषको शव फेला परेको हो।
बागमती नदी किनारमा शुक्रबार बिहान ९ बजेको समयमा अन्दाजी ४० वर्षीय पुरुषको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो।
घटना स्थलमा प्रहरी टोली पुगेर मृतक पुरुषको शव परीक्षणका लागि सदरमुकाम गौरस्थित सरकारी अस्पतालमा पुर्याएको र घटनाको विषयमा सुक्ष्म तरिकाले प्रहरी अनुसन्धान गरिरहेको प्रहती प्रवक्ता डिएसपी राजु कार्कीले बताए।
प्रकाशित: ३ आश्विन २०८२ ११:०९ शुक्रबार

