नेकपा एमालेले गरेको प्रदर्शनका कारण काठमाडौंको प्रदर्शनीमार्ग हुँदै सञ्चालन हुने सवारी साधनलाई डाइभर्सन गरिएको छ।
महानगरीय ट्राफिक कार्यालयका अनुसार भृकुटीमण्डपमा हुने एमालेको प्रदर्शन र सभाका कारण मान्छेहरूको संख्या बाक्लो हुँदै गएपछि उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्मोदयमोड र सभागृहमोडबाट डाईभर्सन गरिएको हो।
त्यस्तै, र्याली भइरहेकाले टुँडिखेल वरिपरि भएर चल्ने सवारी साधनको आवागमनमा पनि प्रभाव परेको छ। सहज यात्राका लागि उक्त सडकको विकल्पमा अन्य सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ।
मानिसहरू भेला जम्मा भएकाले काठमाडौंको माइतीघर चोकबाट सर्भिस लेन हुँदै थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य लेनबाट पठाइएको छ।
त्यसैगरी, सामाखुसी चोक र चावहिलचोकमा पनि मानिसहरू भेला जम्मा भएकाले सवारी आवागमनमा केही प्रभाव परेको छ।
यसबाहेक काठमाडौं उपत्यकाको अन्य स्थानको सवारी आवागमन यति बेला सामान्य रहेको छ।
विभिन्न नाकाहरू हुँदै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रूपमा चलिरहेका छन्।
प्रकाशित: ६ मंसिर २०८२ १३:१७ शनिबार





