२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

मलद्वारमा लुकाइ राखिएको ब्राउन सुगरसहित दुई युवक पक्राउ

मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्र १–०२–०५० प १९६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो। 

प्रहरीका अनुसार जाँचका क्रममा केशव श्रेष्ठको मलद्वारमा लुकाइछिपाइ राखिएको प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम तथा प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ फेला परेको थियो।  

त्यस्तै, निश्चल गुरुङको मलद्वारबाट पनि प्लास्टिकसहित ११ ग्राम तथा प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।  

प्रकाशित: २४ जेष्ठ २०८३ १०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App