कैलालीको गोदावरीमा बाढीमा परी दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो।
शुक्रबार बिहान च्याउ खोज्न जङ्गलतर्फ गएका उनीहरु नदीमा बगेका हुन्। उनीहरुको शव वनदेवी मन्दिर पछाडि फेला परेको हो। रासस
प्रकाशित: २९ जेष्ठ २०८३ ११:१९ शुक्रबार





