२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

कपिलवस्तुमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा उनीहरूको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

कृष्णनगर नगरपालिका-७ सुखरामपुरस्थित सार्वजनिक पोखरीमा बिहीबार दिउँसो सवा २ बजेतिर पौडी खेल्न गएका स्थानीय रञ्जित बढाइका १२ वर्षीय छोरा आकाश बढई र राजेन्द्र रैदासका ११ वर्षीय छोरा अम्बर रैदासको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीका अनुसार, पोखरीमा शव तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी टोलीले स्थानीयको सहयोगमा दुवै किशोरको शव बाहिर निकालेको थियो। शव पोस्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाइएको प्रहरी निरीक्षक लौडारीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०८२ २१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App