२० भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग(एस्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदार गम्भीर घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार आज बिहान करिब ११ः०० बजे माथिबाट अचानक पहिरो खसेर आयोजनामा कार्यरत दुई जना घाइते भएका हुन्।

घाइते दुवै जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको उनले जानकारी दिए। घटनालगत्तै स्थानीयले उद्धार गरी घाइतेलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याएको जनाउँदै दुवै जनाको अवस्था गम्भीर रहेको प्रशासनले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीचौकी सार्दिखोलाबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा उद्धारका लागि खटिएको थियो। घटनाबारे थप अनुसन्धान तथा विवरण आउन बाँकी छ। 

प्रकाशित: २० भाद्र २०८३ १३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App