२५ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

नदीमा हामफालेर दुई जना बेपत्ता

चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन्। आज बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेख्दै बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको छ।

प्रहरी सहायक निरीक्षक शङ्कर पोखरेलले स्थानीयले नदीमा गएको भन्ने खबर दिएको र हालसम्म अवस्था अज्ञात रहेको बताए। जानकारी आएलगत्तै पिप्लाङ प्रहरी चौकीले खोजी सुरु गरे पनि भेटाउन नसकिएको उनले जानकारी दिए।

बेपत्ता भएका बुढा गाउँपालिकाको शिक्षा शाखामा ‘कम्प्युटर अपरेटर’ रहेको जनाइएको छ। रासस

प्रकाशित: ११ आश्विन २०८२ २०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App