४ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

कपिलवस्तुमा स्कार्पियो दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

हुलाकी सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिपराहवामा रोकिएको ट्रकमा भारतीय नम्बर प्लेटको स्कार्पियो ठोक्किँदा स्कार्पियोमा सवार २ जनाको मृत्यु भएको छ। 

शनिबार राति नौ बजेतिर बहादुरगन्जबाट तौलिहवातर्फ आउँदै गरेको युपी ३२ सिए ८३४३ नम्बरको स्कार्पियो सडकको किनारतिर रोकिएको लु १ ख ९५४९ नम्बरको ट्रकसँग ठोक्किएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका महाराजगन्ज नगरपालिका वडा नम्बर ११ बनगाईका ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका– ६ धरमनगरका ५५ वर्षीय चिन्नी कुर्मीको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले बताए।

दुर्घटनामा घाइते भएका महाराजगन्ज नगरपालिका वडा नम्बर ११ बनगाईका ६५ वर्षीय नन्द प्रसाद दुबे, शिवराज नगरपालिका १० लालपुरका २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज नगरपालिका ११ का २० वर्षीय सुरेश कुर्मीको उपचार भइरहेको ढकालले बताए। ट्रक चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रकाशित: १३ वैशाख २०८३ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App