२३ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

सोनवर्सामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

सांकेतिक तस्बिर

सर्लाहीको सदरमुकाम मलङगवासँगै जोडिएको सिमावर्ती सोनबर्सा बजारमा टिपरको ठक्करबाट एक नेपालीसहित दुई जनाको ज्यान गएको छ।

बुधबार दिउँसो २ बजे सोनवर्सा बजारमा भारतीय नम्बरको  टिपरको ठक्करबाट मलङगवा नगरपालिका १० का १९ वर्षीय अजय राउत र उनका आफन्त भारत खुरसाहाका २० वर्षीय सचिन राउतको घटनास्थल मै ज्यान गएको हो ।

No description available.

मलङगवाबाट सिमवर्ती भारतको सोनवर्सा बजार तर्फ मधेस प्रदेश ०२-० ०८ प ९९४२ नम्बरको मोटरसाइकल चढेर जाँदै गरेको अवस्थामा विपरित दिशाबाट आएको बिआर ०९ जीबी ६७१५ भारतीय नम्बरकको टिपरले ठक्कर दिँदा मोसामा सवार दुबै युवकको घटनास्थल मै ज्यान गएको भारतीय प्रहरीलाई उदृत गर्दै सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राइले बताए।

ठक्कर दिने भारतीय नम्बरको टिपर र चालक सोनबर्सा प्रहरीको नियन्त्रणमा छ ।

प्रकाशित: २२ आश्विन २०८२ १८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App