२४ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

सडक दुर्घटनामा दुईको मृत्यु

सुनसरीमा भएको सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ। दुहवी नगरपालिका–११ सिमरबनास्थित पुलबाट मङ्गलबार साँझ बा ७५ प ३११० नम्बरको मोटरसाइकल खस्दा गढी गाउँपालिका–२ का ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए। 

उक्त दुर्घटनामा गम्भीर घाइते थान्दारलाई विराट शिक्षण अस्पताल पुर्याइएकामा उपचारका क्रममा निधन भएको थियो। मृतक थान्दार रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरमा प्राविधिक अधिकृतका रूपमा कार्यरत थिए ।

 त्यसैगरी, धरान उपमहानगरपालिका–८ गुराँस चोकमा मङ्गलबार साँझ मोटरसाइकल र सिटी सफारी आपसमा ठोक्किँदा इटहरी उपमहानगरपालिका–५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको मृत्यु भएको छ। उक्त दुर्घटनामा गम्भीर घाइते घिमिरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा हिजै निधन भयो। ती दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २४ भाद्र २०८३ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App